
काठमाडौं : सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्कामाथि नागरिकता किर्तेसम्बन्धी मुद्दा चलाइ कारबाही अघि बढाउन माग गरिएको छ। कानुन व्यवसायी हक हित संरक्षण तथा शुद्धीकरण अभियानले खड्कामाथि नागरिकता किर्तेसम्बन्धी मुद्दा चलाइ कारबाही अघि बढाउन माग गर्दै न्याय परिषद्मा उजुरी दिएको छ।
न्यायाधीश खड्काले जागिर अवधि लम्ब्याउन नागरिकता र उमेरमै किर्ते गरेको तथ्यसहितको सार्वजनिक भएको थियो। उनले २०३२ माघ २८ गते नागरिकता लिएको बेला १९ वर्ष उमेर लेखिएको छ।
दोस्रोपटक २०३३ माघ २८ मा नागरिकता लिएको उनले पेस गरेको विवरणमा पनि उमेर १९ वर्ष नै छ। परिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीशलाई ज्ञापनपत्र बुझाउँदै न्यायाधीश खड्काले दोहोरो नागरिकता लिएर किर्ते गरी न्याय परिषद्लाई नै दोष लगाएकाले निजलाई पदमुक्त गरी नागरिकता किर्ते मुद्दा चलाउन प्रहरीमा प्रक्रिया थाल्न ध्यानाकर्षण गराइएको छ।



राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया