Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

गण्डकी प्रदेशमा प्रत्येक वर्ष तीनजनलाई ‘गण्डकी रत्न’

पर्वत : गण्डकी प्रदेश सरकारले प्रदेश सांसदकै हैसियत बराबर हुने गरी हरेक वर्ष तीन जनालाई गण्डकी रत्न’ विभूषण प्रदान गर्ने भएको छ। प्रदेश सरकारले बनाएको विशिष्ट व्यक्ति सम्मान गर्ने सम्बन्धी कार्यविधि २०७८ मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेसँगै प्रदेश सरकारले बनाएको सिफारिस समितिले छनोट गरेका तीन जनालाई सम्मान गरिने सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए। खड्काका अनुसार शिक्षास्वास्थ्यखेलकुदकृषिउद्योगपर्यटनपूर्वाधारविज्ञानप्रविधिलगायत क्षेत्रमा योगदान पुर्‍याएकाहरूलाई सम्मान गरिने छ। समितिले छनोट गरेको नामलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नेछ।

गत सोमबारको मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्दै प्रवक्ता खड्काले गण्डकी रत्नलाई गण्डकी सरकारले सर्वाधिक ठूलो सम्मानका रूपमा लिएको बताए। सरकारले विशिष्ट क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई सम्मान कार्यक्रम चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि समावेश गरेको र त्यसका लागि २५ लाख रुपैयाँ विनियोजन समेत भएको उनले जनाकारी दिए।

यो रत्नलाई गण्डकी प्रदेशकै सर्वाधिक ठूलो सम्मानको रूपमा लिइएको छ। प्रदेशको श्रीवृद्धि र गौरव बढाउने गरी आफ्नो क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका तीन जनालाई हरेक वर्ष यो रत्नबाट सम्मान गरिने छ,’ प्रवक्ता खड्काले भने, ‘सामाजिकआर्थिक कार्यबाट सामाजिक सद्भावरोजगारीप्रविधिको विकाससंस्कृतिकला संरक्षण लगायत समाजलाई सकारात्मक प्रभाव पार्ने खालको अनुकरणीय कार्य गरेको हुनुपर्ने भनेर कार्यविधिमा राखिएको छ।

यसबाहेक शिक्षास्वास्थ्य तथा खेलकुदकृषि तथा सहकारीउद्योग पर्यटनवातावरणपूर्वाधार विकास तथा विपद् व्यवस्थापनभाषा संस्कृतिसार्वजनिक प्रशासन लगायतका क्षेत्रमा योगदान पुर्‍याएका व्यक्ति पनि विभूषणका लागि योग्य हुनेछन्।

गण्डकी रत्न’ पाउने व्यक्तिहरूको छनोट गर्नका लागि बन्ने सिफारिस समितिमा मन्त्रिपरिषद्को वरिष्ठ सदस्य अध्यक्ष रहने व्यवस्था छ। अर्थमन्त्रीआन्तरिक मामिलामन्त्रीप्रमुख सचिव सदस्य रहने छन्। समितिको सदस्य सचिवमा आन्तरिक मामिला मन्त्रालयका सचिव रहने व्यवस्था गरिएको छ।

कार्यविधिअनुसार रत्नबाट सम्मानित हुने व्यक्तिलाई विभिन्न पाँच प्रकारका सुविधाहरू उपलब्ध गराइने छ। पहिलो रत्न पाएका व्यक्तिलाई सार्वजनिक कार्यक्रममा प्रदेश सभाका सदस्य सरहको मर्यादाक्रम हुने व्यवस्था गरिएको छ। यसबाहेक प्रदेशभित्रका सरकारी अस्पतालमा निःशुल्क उपचारगण्डकी प्रदेशभित्र रहेका विमानस्थलमा अति विशिष्ट कक्षको सुविधासरकारले सञ्चालन गरेको सार्वजनिक सेवाका लागि विशेष प्राथमिकतासहित संरक्षणविहीन भएमा सरकारले नै उनीहरूको जिम्मा लिनेछ। विभूषणमा सुनजडित चाँदीको तक्मा दिइने र त्यसमा सम्मान पाएकाहरूको नामको अगाडि रत्न लेखिएको हुने तथा रत्न पाएकाहरूको छुट्टै परिचयपत्र बनाएर हस्तान्तरण गरिने छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP