चेल्सी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश

एजेन्सी-इङ्लिस क्लब चेल्सी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको सेमिफाइनल खेलमा चेल्सीले टोटेनह्याममाथि सहज जित दर्ता गर्दै फाइनलमा स्थान बनाएको हो।

पहिलो लेग २–० गोलले जितिसकेको चेल्सीले दोस्रो लेगमा टोटेनह्यामविरुद्ध आरामदायी खेल खेलेको थियो। टोटेनह्याम स्टेडियममा भएको खेलको १८ औँ मिनेटमा मासोन माउन्टको पासमा एन्टिनियो रुडिगरले गोल गरे । यही निर्णायक गोलसँगै चेल्सीले वेम्बली स्टेडियमको टिकट काटेको छ।

चेल्सीले उपाधिका लागि लिभरपुल र आर्सनलबीचको विजेता टोलीसँग जनवरी २१ मा प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP