Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

चार्टर्ड उडानमा भएकाे अनियमितता छानबिन गर्न समिति गठन

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना महामारीको समयमा खाडी देशमा काम गर्ने नेपाली श्रमिकको हवाई उद्धार गर्न गरिएको चार्टर्ड उडानमा भएको अनिमियताका विषयमा छानबिन गर्न समिति गठन भएकाे छ ।  

आज बिहीवार मन्त्रालयका सहसचिव होमप्रसाद लुईँटेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिका सदस्यहरूमा मन्त्रालयका उप सचिव टेकनारायण पौडेल र नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर रहनुभएको छ ।

गठन भएकाे समितिले भोलि शुक्रबारदेखि काम सुरु गर्ने संयोजक लुईँटेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोना महामारीको समयमा खाडी देशमा काम गर्ने नेपाली श्रमिकको उद्धार गर्न गरिएको चार्टर फ्लाइटमा भएका अनियमतिताका बारेमा छानबिन समिति बनेको छ, समितिले भोलिदेखि काम थाल्नेछ ।’

कोरोना महामारी (कोभिड–१९) को समयमा गरिएको चार्टर्ड उडानमा व्यापक अनियमितता भएको भन्ने गुनासो आएपछि मन्त्रालयले छानबिन समिति गठन गरेको हो । याे समितिलाई दश दिनभित्रमा प्रतिवेदन पेस गर्न समय तोकिएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP