विजयनगरले बाहिरबाट आएका व्यक्तिको संख्यात्मक विवरण निकाल्यो

–विजयनगर

कपिलवस्तुको विजयनगर गाउँपालिकाले गाउँपालिका बाहिर वा स्वदेश तथा विदेशबाट आएका व्यक्तिहरुको संख्यात्मक विवरण निकालेको छ । स्वदेश, छिमेकी देश भारत र अन्य देशबाट गरी गाउँपालिकामा ३ सय ९३ जना आएका छन् ।

स्वदेशबाटै ४७ जना, भारतबाट ३ सय ४० जना, मलेसियाबाट ५ जना र नाइजेरियाबाट १ जना आएका हुन् । जसमा ३ सय ८३ पुरुष र ७ जना महिला रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिए पछि हालसम्म आएका व्यक्तिहरुको संख्यात्मक विवरण निकालिएको भट्टराईले बताउनुभयो । गाउँपालिकामा स्थापना गरिएको हेल्पडेस्क र क्वारेन्टाइन स्थलमा गई स्वास्थ्य परिक्षण गराउन गाउँपालिकाले अनुरोध गरेको छ ।

कुनै शंकास्पद लक्षण देखिएको खण्डमा क्वारेन्टाइनमा बस्न अन्य व्यक्तिहरुलाई आफ्नो घरमै सुरक्षितसाथ बस्न जनाइएको छ । यस संकटको समयमा नेपाल सरकारले चालेका कदममा सहयोग गर्नु हामी सबैको दायित्व भएको भन्दै गाउँपालिकाले सबैलाई अपिल गरेको छ ।

गाउँपालिकाबाट यस विपत्तिको सामना गर्न हरसम्भव प्रयास गरिएको जनाएको छ । गाउँपालिकाले अप्रमाणित समाचार र अफवाहको पछि नलागी अधिकारिक समाचार र जानकारी मात्र लिन अनुरोध गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP