Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कोरोना अपडेट : ४९ सय ६१ संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ४९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

१२ हजार ५६२  पिसिआर परीक्षण गर्दा ४५ सय ३४ र २५ सय ६९ एन्टीजेन परीक्षणमा ४२७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, आज थप तीनजनाको मृत्यु भएको छ। त्यसैगरी आज संक्रमणमुक्त हुनेहरूको संख्या ४३५ छ। हाल देशभरमा गरी कुल २५ हजार ६८० सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ।

जसमा होम आइसोलेनमा २४ हजार ५ सय ८४ र संस्थागत आइसोलेसनमा १ हजार ९६ जना छन्। संक्रमितमध्ये १२२ जनाको आइसियुमा र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको बताइएको छ। त्यसैगरी, काठमाडौं उपत्यकामा मात्रै ३३ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो हप्ता देशभर संक्रमित हुनेहरूको संख्या बढिरहेको छ। शनिबार करिब १४ हजारको परीक्षण गर्दा ४६ सय ३६ संक्रमित थपिएका थिए भने ४ जना संक्रमितको मृत्यु भएको थियो।

तीव्र गतिमा संक्रमण फैलिएसँगै सरकारले १५ माघसम्मका लागि देशभरका विद्यालयहरू बन्द गर्नुका साथै सभा, बैठक र जुलुस गर्नसमेत निषेध गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP