विजयनगरले विदेशबाट आएका घरमा रातो चिन्ह राख्दै

राम प्रघट कोरी
विजयनगर

विजयनगर गाउँपालिकामा गाउँपालिका बाहिर र विदेशबाट आएका व्यक्तिहरुको घरमा रातो चिन्ह राखिने भएको छ । प्रत्येक वडामा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत सोमबारदेखि रातो चिन्ह राख्ने लागिएको हो ।

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिए पछि हालसम्म आएका व्यक्तिहरुको घरमा उनीको पहिचानका लागि रातो चिन्ह राख्न लागेको हो ।

भारत वा अन्य मुलुकबाट आएका नागरिकमा कोरोना सङ्क्रमणको उच्च जोखिम रहने भएकाले उनीहरुको पहिचानका लागि रातो चिन्ह राख्न लागिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो ।

गाउँपालिकाले बाहिरबाट आएका व्यक्तिहरुको तथ्याङ्कीय विवरण निकाले लगतै यो अभियान चालेको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभयो । गाउँपालिकाले ३ सय ९३ घरमा रातो चिन्ह राख्न लागेको उहाँले बताउनुभयो ।

रातो चिन्ह राखिएको घरको पहिचान हुनुको साथै संक्रमणबाट सचेत पनि हुने र तथ्याङ्क सङ्कलनमा सहज हुने भट्टराईले बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP