रियल मड्रिडले चुम्यो स्पेनिस सुपर कप फुटबलको उपाधि


एजेन्सी
– स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ। आइतबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई २–० गोलले पराजित गर्दै रियलले उपाधि जितेको हो।

रियलको जितमा लुका मड्रिच र करिम बेन्जिमाले १–१ गोल गरे। रियादस्थि किङ फाहद अन्तर्राष्ट्रिय रंगशालामा खेलको ३८ औँ मिनेटमा रोड्रिगोको पासमा मड्रिचले उत्कृष्ट गोल गरेपछि पहिलो हाफमा रियलले १–० को अग्रता बनायो।

दोस्रो हाफको ५२ औँ मिनेटमा रियलका लागि बेन्जिमाले पेनाल्टीमार्फत् दोस्रो गोल गरे। ८७ औँ मिनेटमा एडर मिलिटाओ रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित रियलले १२ औँ सुपर कपको उपाधि उचालेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP