Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

‘सिटामोल अभाव छैन’

काठमाडौं : बजारमा पारासिटामोलको कृत्रिम अभाव भइरहेको छ। पारासिटामोल नभएको भन्दै औषधि पसलले पारासिटामोलको विकल्पमा अन्य औषधि दिने गरेका छन्।

औषधि व्यवस्था विभागले भने पारासिटामोलको अभाव नभएको बताएको छ। विभागका महानिर्देशक नारायण ढकालका अनुसार अनुगमनका क्रममा विराटनगर र काठमाडौं उपत्यकाको केही औषधि पसलमा सिटामोल सकिएको देखिए पनि अन्य ठाउँमा अभाव नभएको बताए।

‘विराटनगर र काठमाडौंको केही भागमा सकिएको रहेछ। त्यो पनि आजबाट सहज भइसक्यो होला तर बजारमा नभेटिने गरी सिटामोल अभाव भएको भने होइन’‚ उनले भने।

यता पछिल्लो केही दिनयता बजारमा पारासिटामोलको अभाव देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा पारासिटामोल पठाएको छ। मन्त्रालयले केन्द्रीय मेडिकल स्टोर पथलैयाबाट प्रादेशिक स्टोरमा पारासिटामोल पाँच सय एमजीका ट्याब्लेट वितरण गरेको हो।

मन्त्रालयका अनुसार मन्त्रालयले सबै प्रदेशमा १ करोड ३३ लाख ४२ हजार ट्याब्लेट पारासिटामोल पठाएको हो। मन्त्रालयका अनुसार प्रदेशहरूमा पठाइएको बाहेक अझै सरकारसँग ११ लाख ५८ हजार ट्याब्लेट पारासिटामोल स्टकमा रहेको छ।

मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा २७ लाख ६४ हजार, मधेश प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनुषामा २१ लाख ३० हजार, बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडामा १० लाख ९८ हजार, गण्डकी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरामा १८ लाख, लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बुटवलमा २७ लाख ३० हजार‚ प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र नेपालगञ्जमा (कर्णाली प्रदेशका लागि) १० लाख २० हजार, सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा १८ लाख सिटामोल रहेको छ।

यता नेपाली औषधि उत्पादक कम्पनीहरूले भने बजारमा अहिले अभाव गराइए जसरी पारासिटामोलको अभाव नहुनुपर्ने बताउँछन्।

लोमस फर्मास्युटिकल्सका सञ्चालक तथा औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले बजारमा हल्ला भएजस्तो पारासिटामोल अभाव नभएको बताउँछन्।

‘सामान्य अवस्थाका लागि उत्पादन भएको सिटामोल कोभिडका कारण केही बढी खपत भएको अवश्य हो तर बाहिर आएको हल्ला जस्तो सिटामोल अभाव भएको होइन’‚ उनले भने।

पारासिटामोल उत्पादनमा व्यवसायीलाई घाटा भए पनि सामाजिक उत्तरदायित्वको हिसाबले मात्र उत्पादन गरिरहेको उनको भनाइ छ। हाल नेपाली औषधि कम्पनीहरूले महिनामा दुई करोडको हाराहारीमा पारासिटामोल उत्पादन गर्ने गरेको समेत बताए।

२०६३ सालमा तोकेको मूल्य हालसम्म पनि समायोजन हुन सकेको छैन। मूल्य समायोजन नगर्दा यो समस्या आएको औषधि उत्पादक कम्पनीहरूले जनाएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP