Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

अत्यावश्यक प्रयोजनका गाडीमा जोर-बिजोर नियम लागू नहुने

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा अत्यावश्यक कामका लागि सञ्चालन हुने र तोकिएका गाडीमा जोरबिजोर प्रणाली लागू नहुने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेका छन् ।

आज राति १२ बजेदेखि जोरबिजोर नम्बर प्लेटको आधारमा गाडी सञ्चालन गर्ने स्थानीय प्रशासनको निर्णयमा केही अन्यौल देखिएपछि आज पुनः विज्ञप्ति निकालेर थप स्पष्ट पारिएकोे हो । पछिल्लो सूचना अनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका गाडी, एम्बुलेन्स, दमकल, शव वाहन, ग्यास र पेट्रोलियम पदार्थ बोकेका गाडीमा जोरबिजोर प्रणाली लागू हुने छैन ।  

यस्तै खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपन्छी, दाना, एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने गाडी पनि निर्वाधरुपमा सञ्चालन गर्न पाइने छ । यसैगरी निर्माण सामग्री बोक्ने गाडीमा चालक र सहचालक मात्र हुनुपर्नेछ । परिचयपत्रको आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने गाडी सञ्चालन गर्न पाइने विज्ञप्तिमा उल्लेख छ । सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका गाडी, सरकारी र कूटनीतिक नियोगका गाडी पनि सञ्चालन गर्न पाइनेछ ।  

यसैबीच यातायात व्यवसायीहरुले गाडीमा जोर/बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौलाई सुझाव दिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग गाडीमा जोरबिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेको हो । छलफलका क्रममा यातायात व्यवसायीहरुले जोरबिजोर प्रणाली लागू गरेर कोरोना सङक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने बताएका छन् ।

बरु गाडी कम चलेमा ती चल्ने गाडीमा यात्रुहरुको भीड हुने भन्दै व्यवसायी जोर बिजोर प्रणालीको विपक्षमा रहेका हुन् । यद्यपी सरकारले गरेको निर्णय आफूहरुले मान्ने व्यवसायीको भनाई छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले गाडीमा जोरबिजोर प्रणाली नगर्दा प्रभावकारी हुने सुझाव दिएको बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP