भारतविरुद्धको सिरिजमा दक्षिण अफ्रिकाको जित


एजेन्सी
-भारत र दक्षिण अफ्रिकाबीचको तीन खेलको एक दिवसीय सिरिजको दोस्रो खेलमा पनि दक्षिण अफ्रिका विजयी भएको छ। भारतले दिएको २८८ रनको लक्ष्य दक्षिण अफ्रिकाले ११ बल अगावै ३ विकेट गुमाएर पूरा गर्दै सिरिज २-० ले कब्जा गरेको हो।

टस जितेर पहिलो ब्याटिङ गरेको भारतले ऋषभ पन्तको ८५ तथा केएल राहुलको ५५ रनको अर्ध शतकीय इनिङ र सार्दुल ठाकुरको ४० रन र रविचन्द्रन आश्विनको २५ रन साथै शिखर धवन २९ भेनकेटे अय्यरको २२ रनमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २८७ रनको उच्च स्कोर तयार गरेको थियो।

जवाफमा दक्षिण अफ्रिकाले पनि उत्कृष्ट प्रदर्शन गर्‍यो। ओपनरहरू जनेमन मलान र क्विन्टन डिककले पहिलो विकेटका लागि १३२ रनको साझेदारी गरे। मलानले ९१ रन बनाउँदा डि ककले ७८ रनको इनिङ खेलेका थिए। त्यस्तै‚ कप्तान टेम्बा बभुमाले ३५ रन बनाउँदा एडेन माक्रम र रसिभ भान डेर डुसेनले समान ३७-३७ रनको अविजित इनिङ खेल्दै दक्षिण अफ्रिकाको जित निश्चित गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP