Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै‚ एमाले नजाने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। शनिबार बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको हो।

बैठकमा तीन तहका निर्वाचनबारे छलफल हुने प्रधामन्त्रीको सचिवालयले जनाएको छ। कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले शुक्रबार सत्ता गठबन्धन र आफ्नो पार्टीका नेताहरूसँगको छलफल गरेपछि सर्वदलीय बैठक आह्वान गरेका हुन्।

सत्ता गठबन्धन निर्वाचन आयोगले प्रस्ताव गरेजस्तो बैशाखमा स्थानीय तहको निर्वाचन गर्न नसक्ने निष्कर्षमा पुगेको छ। शुक्रबार साँझ भएको छलफलमा गठबन्धनका नेताहरूले तीनै तहको चुनाव एकैपटक मंसिरमा गर्ने र यस विषयमा निर्वाचन आयोग तथा कानुनविद्हरुसँग परामर्श गरेर अघि बढ्ने निर्णय गरेका छन्। कांग्रेसभित्रै पनि स्थानीय तहको निर्वाचनबारे एकमत छैन।

बैशाखमै स्थानीय तहको चुनाव हुनुपर्ने भन्दै तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) शनिबारको सर्वदलीय बैठक सहभागी नहुने भएको छ। उपमहासचिव प्रदीप ज्ञवालीले अहिले निर्वाचनका लागि सर्वदलीय बैठकमा छलफल गरिरहनुको औचित्य नहुने प्रतिक्रिया दिए।

‘संविधानबमोजिम हुनुपर्ने निर्वाचनका विषयमा सरकार र दलहरूले छलफल आवश्यक छैन’, ज्ञवालीले थाहाखबरसँग भने, ‘सरकारले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा चुनाव घोषणा गर्ने हो। यसमा थप छलफल जरुरी नभएकाले हामी बैठकमा जाँदैनौं।’

आवधिक निर्वाचन, संवैधानिक र कानुनी बाध्यता भए पनि सरकारले यसलाई विभिन्न बहानामा अल्मल्याउन खोजेको ज्ञवालीको आरोप छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP