Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्रीलाई पदमुक्त गर्नुपर्छ : महामन्त्री शर्मा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्रीलाई प्रधानमन्त्रीले पदमुक्त गर्नुपर्ने बताएका छन्।

भौतिक पूर्वाधारमन्त्री तथा जनता समाजवादी पार्टीकी नेता रेणु यादवले गत बुधबार जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएको अभिव्यक्तिले चौतर्फी आलोचना भएपछि महामन्त्री शर्माले पदीय मर्यादा विपरीत अभिव्यक्ति दिने मन्त्रीलाई प्रधानमन्त्रीले पदमुक्त गर्नुपर्ने टिप्पणी गरेका छन्।

शर्माले सामाजिक सञ्जालमा स्वयं व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचना, सम्बन्धित दलद्वारा पहलकदमी र राजीनामा र  पदीय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त गर्ने विकल्प रहेको उल्लेख गरेका छन्।

‘मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति उपचार; ३ विकल्प!’ उनले लेखेका छन्‚ ‘(१) स्वयं व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचना अथवा (२) सम्बन्धित दलद्वारा पहलकदमी र राजीनामा‚ अथवा (३) पदीय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त।’ 

महामन्त्री शर्माले राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रुपले बढी जिम्मेवार हुनैपर्ने बताएका छन्। हिंसा भड्कावको अभिव्यक्ति जोसुकैबाट होस् स्वीकार्य नहुने शर्माले स्पष्ट पारे। ‘विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्छ, रोमान्सको अभिव्यक्ति बन्नुहुन्न’, शर्माले सामाजिक संजालमा लेखेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP