Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

क्यान्सर बिरामीलाई भर्ना गरेन क्यान्सर अस्पतालले

बारा १८ चैत

भरतपुर स्थित रहेको बि.पि. कोईराला मेमोरियल क्यान्सर अस्पतालले भर्ना नगरेकै कारण एक जना क्यान्सर पिडित घरमै उपचार गराउन बाध्य भएका छन् । देश कोरोना भाईरसको चपेटामा परिरहेको बेला भरतपुर क्यान्सर अस्पताल बन्द हुनुले क्यान्सर भएका पिडित आफ्नो घरमा उपचार गराउन बाध्य भएका हुन ।

बाराको देवताल गाउपालिका वडा नम्बर १ बस्ने लालबाबु बैठाको २५ बर्षिय छोरा अर्जुन कुमार बैठा क्यान्सरले ग्रसित रहेपनि भरतपुर स्थित रहेको बि.पि. कोईराला मेमोरियल क्यान्सर अस्पताल भर्ना नै नगरी घर फर्काएको बताईन्छ । क्यान्सर पिडित बैठाको आफ्न्तले शिवराज अनलाइन संग कुरा गर्दै उपचार गराउन भरतपुर स्थित बि.पि.कोईराला मेमोरियल अस्पतालमा पुग्दा कोरोना भाइरसको महामारी फैलिएको बेला आफुहरु अस्पताल भर्ना गर्न नसकिने भने पछि फिर्ता ल्याइएको आफ्न्तले बताएका छन् । अस्पतालका डाक्टरहरुले विरामीलाई घरमै गएर राम्ररी राख्ने सुझाव दिए पश्चात घरमै राखीएको उनले दुखेसो पोखे ।

अस्पतालले उपचार गर्नुपर्ने औषधि लेखेकै माध्यमले औषधि दिने गरेको स्थानिय स्वास्थय चौकीका डाक्टरले बताएका छन् । आफुहरुलाई क्यान्सरको बिषयमा केही जानकारी नभएपनि अस्पतालले लेखेको औषधि दिने गरेको बताए । उहाले स्थानिय स्वास्थय चौकीले स—साना ज्वरो लगायत रुघा, खोकी, घाउ चेकजाच गर्ने गरेको तर क्यान्सरको बिषयमा बढी जानकारी नभएपनि अस्पतालले लेखेको औषधि नै चलाएको बताउनु भयो ।

क्यान्सरको पिडाले दिनप्रति दिन बैठाको स्थित बिग्रिदै गएको परिवारले जनाएको छ । आफ्न्तका अनुसार मुलुक कोरोनाको चपेटामा परेकै बहानामा भर्ना गर्न नमानेको आरोप लगाएका छन् । बि.पि. कोइराला मेमोरियल अस्पतालले भर्ना नगरे पश्चात फिर्ता लिएर आएको पिडितलाई वीरगंज स्थित नारायणि उपक्षेत्रिय अस्पताल, मेडिकल कलेज लगायतको अस्पतालमा लगेपनि अस्पतालहरुले भर्ना नगरेको आफ्न्तले दुखेसो पोखे । जनताको हक हितको लागि निर्माण गरिएको अस्पतालहरुमा उपचारको नाउमा खोलिएपनि भर्ना चाहि नगरिएको कारण शोसन भएको प्रस्टयाएका छन् ।

बाराको देवताल गाउपालिका वडा नम्बर १ बडकिफुलवरीया निवासी अर्जुन कुमार बैठा क्यान्सर पिडित भएकै कारण स्थानियहरुमा रुवावासी समेत हुन थालिएको छ । स्थानिय युवा क्यान्सर जस्तो बिरामी संग लडिरहेपनि हाम्रो देशमा निर्माण भएका क्यान्सर अस्पतालहरु भर्ना नगरिदिदा बिरामी मारमा परेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP