आइपिएल अक्सनमा नाम टिपाउने १५ नेपाली खेलाडी

एजेन्सी-इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार अक्सनका लागि १ हजार २१४ खेलाडीले आवेदन दिए। जसमा नेपालबाट १५ खेलाडीले मेघा अक्सनमा नाम टिपाएका छन्।

फेब्रुअरी १२ र १३ मा बेङलोरमा हुने मेगा अक्सनमा ८९६ भारतीय खेलाडीसहित ३१८ विदेशी र ४१ एसोसिएटेड देशका खेलाडी सहभागी छन्।

नेपाल क्रिकेट संघ क्यानले अक्सनका लागि नाम पठाएका १५ जना खेलाडीको नाम सार्वजनिक गरेको छ। जुन खेलाडी यसप्रकार छन्।​

१५ नेपाली खेलाडी

आशिफ शेख, पवन शर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहोरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने रहेका छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP