Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

लुम्बिनी प्रदेश : विकास बजेट खर्च निराशाजनक, ६ महिनामा १३ प्रतिशत मात्र खर्च

दाङ : लुम्बिनी प्रदेशमा विकास बजेट खर्च प्रगति निराशाजनक देखिएको छ । चालू आर्थिक वर्षको आधा वर्ष वितिसक्दा पूँजीगत तर्फको १२.६८ प्रतिशत बजेटमात्र खर्च भएको हो । प्रदेश लेखा नियन्त्रकको र्कलयका अनुसार लुम्विनी प्रदेशमा चालू आर्थिक वर्ष ०७८–०७९ मा पुँजीगत बजेट तर्फको २२ अर्ब ४७ करोड १५ लाख ९४ हजार मध्ये पुस समान्तसम्म २ अर्ब ८४ करोड ९३ लाख ३ हजारमात्र खर्च भएको छ । जबकी गत आर्थिक वर्ष ०७७–०८८ मा सोही समयमा पुजीगत तर्फको १८ प्रतिशत बजेट खर्च भएको थियो ।

त्यस्तै प्रदेशमा चालू तर्फको १८.८३ प्रतिशत बजेट खर्च भएको छ । चालू तर्फको कुल १८ अर्ब ४८ करोड १ लाख ६ हजार मध्ये ३ अर्ब ४ करोड १७ लाख ९४ हजार खर्च भएको छ । प्रदेशमा चालू आर्थिक वर्षका लागि छुट्टाइएको कुल बजेटको १५.४६ प्रतिशत बजेट खर्च भएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षमा चालू तथा पुँजीगत गरी ४० अर्ब ९५ करोड ९७ लाख बजेट छुट्याएको थियो ।

त्यसमध्ये ६ अर्ब ३३ करोड ११ लाख ३३ हजारमात्रमा खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीले जानकारी दिए । आर्थिक वर्षको ६ महिना वित्दा पनि पुँजीगत खर्च नबढ्नुले प्रदेश सरकारको विकास निर्माण कार्य सुस्त भएको देखाउँछ । विगतका वर्षझै यसवर्ष पनि प्रदेशमा विकासका कार्यले गति लिन नसक्दा वर्षको अन्त्यमा बजेट सक्ने हतारो हुने संकेत देखिएको छ ।

त्यस्तै प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार प्रदेश सभाको चालू तथा पुँजीगत गरेर २४.४८ प्रतिशत बजेट खर्च भएको छ । जसमा चालू तर्फको ३२.५९ प्रतिशत र पुँजीगत तर्फ १३ प्रतिशत खर्च भएको छ । त्यस्तै प्रदेश लोकसेवा आयोगको चालू तथा पुँजीगत गरेर ५४.२७ प्रतिशत खर्च भएको छ ।

जसमा चालू तर्फ ५४.१५ प्रतिशत र पुँजीगत तर्फ ५९.३० प्रतिशत खर्च भएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालयको चालू तथा पुँजीगत गरेर ३६.८९ प्रतिशत बजेट खर्च भएको छ । जसमा चालू तर्फ ३७.८६ प्रतिशत बजेट खर्च भएको छ भने पुजीगत रकम खर्च हुन सकेको छैन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP