Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आर्सनल र लेस्टर बराबरीमा रोकिए

एजेन्सी-इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल बर्नलीसँग गोलरहित बराबरीमा रोकिंदा अर्को खेलमा लेस्टर सिटीले ब्राइटनसँग १-१ गोलको बराबरी खेलेको छ। लेस्टर अन्तिम १० मिनेट समालिन नसक्दा महत्वपुर्ण तीन अंकबाट विमुख भयो।

बर्नलीसँग गोलरहित बराबरीमा रोकिएपछि आर्सनलले भने शीर्ष चारमा फर्कने अवसर गुमायो। लिग अंक तालिकाको पुछारको क्लबसँग निरासाजनक बराबरी पछि आर्सनलको अंक तालिकामा २१ खेलबाट ३६ अंक छ। बर्नली भने १८ खेलबाट १२ अंकसहित पुछारमै छ।

अर्को खेलमा लेस्टरले ब्राइटनविरुद्व पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो हाफ सुरुवात भएको पहिलो मिनेटमै अग्रता लियो। ४६ औं मिनेटमा लेस्टरका लागि डाकाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। तर‚ ८२ औं मिनेटमा ब्राइटनले लेस्टरविरुद्ध गोल फर्काएको थियो। वेलबेकले ब्राइटनका लागि गोल गर्दै खेल १-१ को अवस्थामा ल्याए।

बराबरीपछि लेस्टर अंक तालिकामा २० खेलबाट २६ अंक बनाएर अंक तालिकाको १० औं स्थानमा रहेको छ। त्यस्तै‚ ब्राइटन २२ खेलबाट ३० अंक बनाएर नवौं स्थानमा रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP