Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

भारतसँगको एकदिवसीय क्रिकेट श्रृङ्खलामा दक्षिण अफ्रिकाको ‘क्लिन स्वीप’

दक्षिण अफ्रिकाले भारतसँगको तीन खेलको एकदिवसीय क्रिकेट श्रृङ्खलामा क्लिन स्वीप गरेको छ ।

गएराति भएको अन्तिम तथा तेस्रो एक दिवसीयमा भारतलाई ४ रनले हराउँदै दक्षिण अफ्रिकाले श्रृङ्खला ३–० ले क्लिन स्वीप गरेको हो । घरेलु टोली दक्षिण अफ्रिकाले दिएको २ सय ८८ रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ८३ रनमा समेटियो ।

भारतका लागि विराट कोहली, शिखर धवन र दीपक चाहरले अर्धशतकीय पारी खेले । कोहलीले ६५ रन, धवनले ६१ रन र दीपक चाहरले ५४ रनको योगदान गरे । यस्तै, सूर्यकुमार यादवले ३९, श्रेयस आयरले २६  जोडे ।

दक्षिण अफ्रिकाका लुंगी एनजीडी र एडिलेले ३/३ विकेट लिए भने ड्वाने प्रिटोरीउसले २ विकेट लिए । यस्तै, केशव महाराज र शिसन्द मगलाले एक-एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ८७ रन बनाएको  थियो ।

दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले १ सय २४ रनको शतकीय पारी खेले । रस्सी भान डेर डुसेनले ५२ रनको अर्धशतकीय पारी खेल्दा डेभिड मिल्लरले ३९ रन बनाए । भारतका प्रसिद्ध कृष्णले ३ विकेट लिए भने दीपक चाहर र जस्प्रित बुम्राहले २/२ विकेट लिए । यस्तै, युजभेन्द्र चहालले एक विकेट लिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP