आहा ! रारा गोल्डकप : आर्मी र थ्रीस्टार भिड्दै

काठमाडौं : पोखरामा जारी आहा रारा गोल्डकप फुटबलमा आज क्वार्टरफाइनलको अन्तिम खेल हुँदैछ। पोखरा रंगशालामादिउँसो साढे दुई बजे हुने खेलमा थ्रीस्टार र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। आज दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छन्। आजको खेलको विजेताले सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। 
मनाङ नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगिसकेको छ। 

हिजो भएको खेलमा साबिक िवजेता संकटा क्लबलाई पराजित गर्दै मछिन्द्रले सेमिफाइनलमा स्थान बनाएको छ। सहारा क्लबको आयोजनामा जारी प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ। 

प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP