Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नागरिकले आवश्यकताभन्दा १० गुणा धेरै सिटामोल किनेर घरमा थुपार्दा अभाव भयाे : औषधि उत्पादक सङ्घ

काठमाण्डाै – नेपाल औषधि उत्पादक सङ्घले नागरिकले आवश्यकताभन्दा १० गुणा धेरै सिटामोल घरघरमा सञ्चय गरेर राखेकाले अभाव देखिएको दाबी गरेको छ ।

बजारमा औषधिको अभाव भएको अफवाह फैलिएकाले बिरामी भए खान पाइँदैन कि भन्ने डरले मानिसले आवश्यकताभन्दा धेरै औषधि किनेर घरमा थुपारेकाले औषधिको अभाव देखिएको सङ्घले आज मङ्गलवार विज्ञप्ति निकालेर स्पष्ट पारेको हो । सरकारले आफ्ना उद्योग र आफ्ना क्षमताकाे बारेमा जनस्तरमा विश्वस्त पार्न नसकेको कारणले यो अवस्था सिर्जना भएको सङ्घले जनाएको छ ।

अहिले केही सञ्चारमाध्यमले नेपालमा बन्ने पारासिटामोल लगायतका उत्पादन बजारमा अभाव भएको भन्ने समाचारप्रति पनि सङ्घले आफ्नो गम्भीर ध्यानाकर्षण  भएको जनाएको छ । कोरोनाका कारण अहिले बजारमा सामान्य अवस्थामा भन्दा औषधिको धेरै माग रहेको छ । तर औषधिको मौज्दात नभएर वा उत्पादन क्षमता नभएर यस्तो अवस्था नआएको र हल्लाको पछाडि नलाग्न सङ्घले आग्रह गरेको छ । सङ्कटको अवस्थामा कुनै पनि औषधिको अभाव हुन नदिने प्रतिबद्धता सङ्घले गरेको छ ।  

पारासिटामोल नेपाली बजारमा वार्षिक झन्डै सात करोड चक्की माग हुने गरेकोमा झन्डै ९९ प्रतिशत नेपालमा नै उत्पादन हुन्छ ।

‘अहिले नेपालमा पारासिटामोल र यसको कच्चा पदार्थ मौज्दात चाहिँदाे मात्रामा माैज्दात रहेको सङ्घले जनाएको छ । विश्व बजारमा कच्चा पदार्थको मूल्य अत्यधिक बढेको भए पनि उपलब्धता रहेको अवस्था भएकाले आतिने अवस्था छैन । अहिलेकाे परिस्थितिमा कुनै पनि औषधिको अभाव नभएको अवगत गराउन चाहन्छौँ । नेपाल औषधि लिमिटेड बाहेक हाम्रा स्वदेशी उद्योगहरूले पुस महिनामा झन्डै ४३ लाख पारासिटामोल ५०० मिलिग्राम चक्की बजारमा पठाएका छौँ ।

माघ महिनाको दोस्राे हप्तामा ३५ लाख र यो महिनाको अन्त्यसम्म अर्को ३५ लाख गरी ७० लाख चक्की बजारमा पठाउने लक्ष्य लिएका छौँ । हामीसँग आजकै दिनको पारासिटामोल उत्पादन गर्ने कच्चा पदार्थको मौज्दात हेर्दा झन्डै १९ हजार चार सय ६० किलोग्राम रहेको छ र यसले झन्डै तीन कराेड ८४ लाख ८३ हजार नाै सय पारासिटामोल ५०० मिलिग्राम चक्की बनाउन सकिन्छ’, विज्ञप्तिमा भनिएकाे छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP