Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

राष्ट्रिय सभा : १९ पदका लागि आज मतदान

काठमाडौं : राष्ट्रिय सभा सदस्यको रिक्त १९ स्थानका लागि आज मतदान हुने भएको छ। बुधबार (आज) बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ। 

निर्वाचन आयोगले मतदानका लागि सात प्रदेशका आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ। मतदानका लागि स्वास्थ्य मापदण्ड अनिवार्य पूरा गर्नु पर्ने छ। 

प्रदेशमा कायम रहेका मतदाता सङ्ख्याको १० प्रतिशत बढी मतपत्र पठाइएको आयोगले जनाएको छ। निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन्। 

निर्वाचनमा ५ सय ३२ प्रदेश सभा सदस्य र एक हजार चार सय ९३ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्।   स्थानीय तहका प्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ निर्धारण गरिएको छ। प्रदेश १ को विराटनगर, मधेस प्रदेशको जनकपुरधाम, बागमतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको दाङ, सुदूरपश्चिमको धनगढी, कर्णालीको सुर्खेतमा मतदान स्थल तोकिएको छ। 

निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुनेछ। रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् भने हरियो रंगको मतपत्र प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन्। 

प्रदेश १, गण्डकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा तीन-तीन पदका लागि र मधेश प्रदेश र बागमतीमा दुई–दुई जना निर्वाचित हुनेछन्।

नौ दलका ४३ जना उम्मेदवार चुनावी मैदानमा छन्। सत्ता गठबन्धनमा रहेका पाँच दलले संयुक्त रुपमा उम्मेदवारी दिएका छन् भने  एमालेले भने मधेस वाहेकका सबै प्रदेशमा आफ्नो एकल उम्मेदवारी दर्ता गराएको छ। मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी र एमालेको गठबन्धन रहेको छ। 

राष्ट्रिय सभामा २० सांसदको आगामी फागुन २० गते पदावधि सकिँदैछ। एक जना भने राष्ट्रपतिबाट मनोनित गर्ने व्यवस्था छ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP