आहा ! रारा गोल्डकप : मछिन्द्र र एपीएफ भिड्दै

काठमाडौं : पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेल सुरु हुँदैछन्। 

पोखरा रंगशालामा दिउँसो साढे २ बजे हुने पहिलो सेमिफाइनलमा मच्छिन्द्र र एपीएफ क्लब बीच प्रतिष्पर्धा हुने आयोजक सहारा क्लबले जनाएको छ। 

क्वाटरफाइनलमा मच्छिन्द्रले साविक विजेता संकटा क्लबलाई ४–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउँदा एपीएफले भुटानीज युथ स्पोर्टस् क्लबलाई ३–१ ले हराउँदै अन्तिम चारमा मच्छिन्द्रसँगको भेट पक्का गरेको हो। 

अर्को सेमिफाइनलमा भोलि मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ। प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख प्राप्त गर्ने छ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP