Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

राप्ती आँखा अस्पतालमा आँखाको नानी प्रत्यारोपण सेवा सुरु

दाङ – दाङको तुल्सिपुरमा रहेको राप्ती आँखा अस्पताल रक्षाचौरमा आँखाको नानी प्रत्यारोपण सेवा सुरु भएको छ । नेपाल नेत्रज्योती संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालमा आँखाको नानी प्रत्यारोपण सेवा सुरू भएको हो ।

अस्पतालले पहिलो पटक बाँकेको राप्ती सुनारी–१ की कल्पना कुमालको आँखाको नानी प्रत्यारोपण गरेको हो । नेपाल आँखा बैंकले उपलब्ध गराएको नानी कुमालको आँखामा प्रत्यारोपण गरिएको राप्ती आँखा अस्पतालकी कर्निया रोग विशेषज्ञ डा. ज्योती सापकोटाले जानकारी दिनुभयो । एक महिना अगाडि कुमालको आँखामा मकैका कारण नानीमा चोट लागेको थियो । आँखाको नानीमा चोट लागेर औषधिले सञ्चो नभएपछि आँखाको नानी फेर्ने शल्यक्रिया गरिएको डा. सापकोटाले बताउनुभयो । यस्तो शल्यक्रिया राप्तीमा पहिलो पटक भएको उहाँको भनाइ छ ।

राप्तीमा उपचार सुरु भएपछि आँखाको नानी फेर्नका लागि काठमाण्डौ वा अरु सेवा भएका ठाउँमा जानुपर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP