Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

माधव नेपालकाे दाबी : राष्ट्रिय सभा चुनावकाे १९ सिट नै सत्ता गठबन्धनले जित्छ

काठमाण्डाै – सत्ता साझेदार नेकपा (एकीकृत समजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज बुधवार भइरहेकाे राष्ट्रिय सभाकाे चुनावमा १९ सिट नै सत्ता गठबन्धनले जित्ने दाबी गर्नुभएकाे छ । आज बुधवार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उहाँले यस्ताे दाबी गर्नुभएकाे हाे । 

अध्यक्ष नेपालले भन्नुभयाे, ‘राष्ट्रिय राजनीतिमा हाम्रो दलको राजनीतिले तरङ्ग पैदा गरिरहेको छ । अहिले हामी पाँच दलीय गठबन्धनमा छौँ । पाँच दलीय गठबन्धनका सबै दल मिलेर राष्ट्रिय सभाको चुनावमा १९ जना उम्मेदवार खडा गरेका छौँ । सबै ठाउँमा हामी विजयी हुनेछौँ ।’ उहाँले राष्ट्रिय सभाको १९ सिटको जितले अन्य तहको चुनावमा पनि तरङ्ग पैदा गर्ने बताउनुभयो । 

कार्यक्रममा बाेल्दै अध्यक्ष नेपालले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव संविधानलाई सर्वोपरि राखेर सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले सत्तारुढ दलहरूबीच एकै पटक तीन वटा तहको चुनाव गराउन सके खर्च कम लाग्ने भएकाले विज्ञहरूसँग विस्तृत छलफल गरिरहेको बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘तपाईँहरू सुनिरहनुभएको छ कि स्थानीय तहको चुनाव कहिले गर्ने, सङ्घीय चुनाव कहिले गर्ने ? प्रदेश सभाको चुनाव कहिले गर्ने ? एकै पटकमा तीन वटा नै तहको चुनाव गर्न सकियो भने राम्रो हुन्छ । एकै चरणमा गर्ने हो भने ५ देखि १० अर्ब रुपैयाँमा चुनाव सकिन्छ । उम्मेदवारको पनि खर्च कम हुन्छ । त्यसका निम्ति हामी छलफल चलाइरहेका छौँ ।’ 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP