Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

राष्ट्रियसभा : बागमतीमा खस्यो ३४३ मत, ४ बजेदेखि मतगणना

हेटौंडा : राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा भएको निर्वाचनमा ३ सय ४३ मत खसेको छ । 

३ बजेसम्म तोकिएको समयमा प्रदेश सभातर्फ १०६ र स्थानीय तहतर्फ २३७ मत खसेको हो । बागमतीमा १०९ जना प्रदेशसभा सदस्य भए पनि विवेकशील साझा पार्टिका ३ जना सांसद मतदानमा सहभागी नभएपछि १०६ मत मात्रै खसेको हो।

अहिले ४ बजेपछि मतगणना सुरु गरिने निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए  । 

दुई पदका लागि भएको निर्वाचनमा बागमती प्रदेशमा ६ जनाको उम्मेदवारी छ। सत्तारुढ गठबन्धनका दुई, नेकपा (एमाले) का तर्फबाट दुई र नेपाल मजदुर किसान पार्टीबाट दुई जना गरी ६ जना चुनावी मैदानमा छन्।

गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एकीकृत समाजवादी)बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन्।

एमालेबाट महिलामा नीरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार रहेका छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP