Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रदेश १ : प्रदेशसभाको बैठक तुरुन्त बोलाउन एमालेको माग

विराटनगर : नेकपा एमाले प्रदेश १ को संसदीय दलले चाँडै प्रदेशसभाको बैठक बोलाउन सरकारको ध्यानाकर्षण गराएको छ। एमालेको संसदीय दलको आज (बुधबार) बसेको बैठकले विभिन्न सातबुँदे माग राख्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन्।

मुख्यमन्त्री बन्ने प्रयोजनपछि सकिएपछि ३ महिनादेखि प्रदेशसभा बैठक नबोलाएको भन्दै चाँडै प्रदेशसभाको बैठक बोलाउन सरकारको ध्यानाकर्षण गराएको एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बैठकले गरेको निर्णयबारे जानकारी दिए।

जनताको समस्य उठाइने प्रदेशसभा ३ महिनादेखि स्थगन भएको उनले बताए। उनले भने, ‘यसलाई अविलम्ब बोलाउन हाम्रो माग छ।’

एमालेले आफू नेतृत्वको सरकारले गरेका निर्णयलाई अहिलेको सरकारले जथाभावी खारेज गर्ने र एमाले सांसदका क्षेत्रमा विनियोजित बजेट कटौती रोक्न पनि माग गरेको उनले बताए।

सरकारले कोरोनाविरुद्ध खोपको गति बढाउन नसकेको र जनस्वास्थ्यमा ठूलो असर पुगेकाले खोपको समानुपातिक वितरणमा ध्यान दिनुपर्ने संसदीय दलको बैठकले निर्णय गरेको उनले बताए।

राजनीतिक संस्कारका हिसाबले पनि सार्वजनिक लेखा समिति प्रमुख विपक्षीको जिम्मेवारीमा रहने भएपनि अहिले सत्ताधारी दलकै नेतृत्व रहेको उनले बताए।

उनले भने, ‘हाम्रो पूर्ववर्ती सरकारका पालामा भए गरेका काम र निर्णय फेरबदल भएका विषय छानबिन गर्न ५ सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ।’

समितिको संयोजकमा हिक्मत कार्की र सदस्यमा जीवन घिमिरे, तुलसीप्रसाद न्यौपाने, जगदीशप्रसाद कुसियत र बुद्धिकुमार राजभण्डारी छन्।

अघिल्लो सरकारले ल्याएको बजेट अहिले सरकारले कुन ढंगले चलाइरहेको छ खोजी गर्ने बताउँदै  प्रमुख सचेतक राजभण्डारीले भने, ‘सरकारले मन्त्रालय फुटाउने तयारी गरिरहेको छ यो ठीक छैन भन्ने हाम्रो निर्क्यौल हो।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP