Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

यातायातको जोरबिजोर प्रणाली हटाउन सिफारिश

काठमाडौं : कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) ले सार्वजनिक सवारीसाधनमा लागू जोरबिजोर प्रणाली हटाउन सिफारिश गरेको छ।

सिसिएमसिसीको आज (शुक्रबार) बसेको बैठकले यसअघि कोरोना संक्रमणको जोखिम न्यून गर्न भन्दै उपत्यकामा लगाएको जोरबिजोर प्रणाली व्यावहारिक नभएको आलोचना भएपछि हटाउन सिफारिस गरेको हो।

बैठकले ट्याक्सीबाहेक अन्य सार्वजनिक सवारीसाधनको जोरबिजोर प्रणाली हटाउन सिफारिस गर्ने निर्णय गरेको सिसिएमसिसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।

उनका अनुसार सिसिएमसिसीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सार्वजनिक सवारीको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको हो।

सरकारले गत शुक्रबार काठमाडौं उपत्यकामा चल्ने सबै सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो।

यस्तै सरकारले भोलि माघ १५ गतेसम्म बन्द गरेको डान्सबार, सिनेमाघर, दोहोरीसाँझजस्ता मानिसको भीडभाड हुने व्यवसाय माघ मसान्तसम्म बन्द गर्न पनि सिसिएमसीसीले सरकारलाई सिफारिश गरेको छ।

विद्यालयहरू पनि माघ मसान्तसम्म बन्द गर्न सिफारिस गर्ने निर्णय भएको प्रवक्ता नेपालले थाहाखबरलाई जानकारी उनले दिइन्।

विश्वविद्यालयका परीक्षा भने भौतिक दूरीलगायत स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न सिसिएमसिसीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिश गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP