Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आवधिक र अन्य चुनावका लागि आयोग तयार रहोस् : राष्ट्रपति भण्डारी

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले आवधिक र अन्य चुनावका लागि तयार रहन निर्वाचन आयाेगलाई सुझाव दिनुभएकाे छ । चुनावकाे माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्न त्यसमा बढीभन्दा बढी मतदाताको सहभागिता गर्ने/गराउनेतर्फ काम गर्न राष्ट्रपति भण्डारीले आयोगलाई यस्ताे सुझाव दिनुभएको हाे । 

आयोगद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस ग्रहण गर्दै उहाँले चुनाव प्रणालीलाई लैङ्गिकमैत्री बनाउन र सबै मतदाताको मताधिकार सुनिश्चित गर्न तथा मतदानस्थल एवम् केन्द्र मतदातामैत्री बनाउन आयोगको ध्यानाकर्षण गराउनुभयो ।

‘आयोगले राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यसमेतको चुनाव गराउने महत्त्वपूर्ण जिम्मेवारी र अवसर पाएकाे छ । शान्ति, स्थिरता र विकासका लागि संविधान तथा प्रचलित कानुनमा तोकिएको समयसीमाभित्र नै सबै चुनाव सम्पन्न गर्न आवश्यक छ । आवधिक र अन्य चुनावका लागि आयोग मनोवैज्ञानिक तथा भौतिक रूपमा तयारी अवस्थामा रहनुपर्छ’, राष्ट्रपति भण्डारीले भन्नुभयाे । 

राष्ट्रपति भण्डारीले स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित चुनावका लागि गम्भीरता र दृढतापूर्वक काम गर्न आयोग सक्षम हुने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २९४ बमोजिम निर्वाचन आयोग नेपालले विसं २०७७ साउन १ गतेदेखि २०७८ साल असार मसान्तसम्म सम्पादन गरेका काम कारबाहीको पन्ध्राैँ वार्षिक प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष पेस गरेको हो ।

यसअघि प्रतिवेदन पेस गर्दै प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन वर्षमा भए गरेका निर्वाचनसम्बन्धी नीति एवम् कानुनहरूको तर्जुमा, राजनीतिक दल दर्ता र त्यसकाे व्यवस्थापन, मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको अवस्था, मतदाताको सङ्ख्यात्मक विवरण, राष्ट्रिय सभा सदस्यको उपचुनाव लगायतका विषयमा जानकारी गराउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP