Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

भारत पाँचौ पटक यु-१९ विश्व च्याम्पियन


एजेन्सी
-वेस्टइन्डिजमा सम्पन्न भएको यु-१९ विश्वकप क्रिकेटमा इंग्ल्यान्डलाई पराजित गर्दै भारत पाँचौ पटक विश्व च्याम्पियन बनेको छ। शनिबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई चार विकेटले पराजित गर्दै भारत विश्व च्याम्पियन बनेको हो।

 टस जितेर पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले भारतलाई जितका लागि १९० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य भारतले ४७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्दै विश्व च्याम्पियन बन्यो।

खराब सुरुवात गरेको इंग्ल्यान्डका लागि जेम्स रिउले सर्वाधिक ९५ रन जोड्दा जेम्स सेल्स ३४ रनमा नटआउट रहे। त्यस्तै‚ जर्ज थोमसले २७ रन बनाउँदा एलेक्स होर्टन र रेहन अहमेदले समान १०-१० रन बनाएका थिए।

एक समय ७ विकेट गुमाएर ९१ रन मात्र बनाएको अवस्थामा इंग्ल्यान्डलाई आठौं विकेटका लागि जेम्स रिउ र जेम्स सेल्सले ९३ रनको साझेदारी गर्दै सम्मानित स्कोरमा पुर्‍याएका थिए। भारतका लागि राज बवाले ५ विकेट लिँदा रभी कुमारले ४ विकेट हात पारे। थप एक विकेट कुशल ताम्बेको नाममा रह्यो।

सामान्य लक्ष्य पछ्याएको भारतले कमजोर सुरुवातका बाबजुत सहज रुपमा लक्ष्य पूरा गर्‍यो। उसका लागि शेक रसिदले ५० रनको अर्धशतकीय इनिङ खेल्दा निशान्त शिन्धु ५० रनमा नटआउट रहे। त्यस्तै‚ राज बवाले ३५ रन बननाउँदा हर्नुर सिंहले २१ रनको स्कोर बनाएका थिए। दिनेश बाना १३ रनमा अविजित रहे। भारत प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्यो।

आठौं पटक फाइनल पुगेको भारतले २०१८ पछि उपाधि जित्न सफल भएको हो। यु-१९ विश्वकपमा भारत सर्वाधिक धेरै फाइनलमा पुगेको भारतले २०००,  २००८,  २०१२, २०१८ र २०२२ मा गरी पाँच पटक उपाधि जित्न सफल भएको छ। भारत २०००,  २००६,  २००८,  २०१२,  २०१८, २०२० र २०२२ गरी ८ पटक फाइनलमा स्थान बनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP