Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

इंग्लिस प्रिमियर लिगमा न्युक्यासल र वेस्टह्याम विजयी : बर्नली र युनाइटेडको बराबरी

इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल र वेस्टह्याम विजयी भएका छन् । बर्नली र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् ।

गएराति भएका खेलमा न्युक्यासलले एभर्टनलाई ३–१ गोलले हरायो । जितपछि न्युक्यासलको २२ खेलमा १८ अंक भएको छ । न्युक्यासल १७ औ स्थानमा छ । एक खेल कम खेलेको एभर्टन १९ अंकका साथ १६ औँ स्थानमा छ । अर्को खेलमा वेस्ट ह्यामले वार्टफोडलाई १–० गोलले पराजित गरेको छ । जितपछि वेस्टह्याम अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । उसको २४ खेलमा ४० अंक छ ।

त्यस्तै बर्नलीसँगको खेलमा युनाइटेडले अग्रता जोगाउन सकेन । खेलको १८ औं मिनेटमा नै म्यानचेस्टर युनाइटेडले पाउल पोग्बाको गोलबाट अग्रता लिएको थियो । खेलको ४७ औं मिनेटमा बर्नलीका जे–रोड्रिगेजले गोल गरी खेल बराबरीमा ल्याए । बराबरीपछि दुवै टोलीले अंक बाँडेका छन् ।

बर्नलीसँग बराबरी खेलेको युनाइटेड पाँचौ स्थानमा छ । उसको २३ खेलमा ३९ अंक छ । २० खेलमा १४ अंक मात्रै जोडेको वर्नली अंकतालिकाको पुछारमा छ । २३ खेलमा ५७ अंकका साथ म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा कायमै छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP