Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

चारदेशीय टी–ट्वान्टी सिरिज : नेपाल र युएई भिड्दै

काठमाडौं : चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आज  युएईसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरेट क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ ।

नेपाल युएईलाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ। पहिलो खेल नेपालले हिजो ओमानलाई ६ विकेटले हराएको थियो।

युएईविरुद्धको पछिल्लो तीन भेटमा भने नेपालले दुई जित र एकमा हार व्यहोरेको छ। नेपालले सिरिजको अन्तिम खेलमा सोमबार आयरल्यान्डसँग खेल्नेछ।

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए अघि नेपालले चारदेशीय सिरिज खेलिरहेको हो। ​ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन्।

समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन्।  समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन्।

नेपालले ओमानविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ।  नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ मा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ। नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध फेब्रुअरी १९ मा हुनेछ।

नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ।

समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ।

फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP