Trending
राजनीति एमाले पाल्पाको दशौं अधिवेशन ११ र १२ जेठमा समाज बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै खेल झ्यालुन्टार मैदानको औपचारिक शुभारम्भ गरिँदै राजनीति भोलिदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्ध औषधी खुवाइने राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड

निक्षेपमा ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न उद्योग वाणिज्य महासङ्घको आग्रह

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घले निक्षेपमा ब्याज वृद्धिको निर्णय तत्काल स्थगन गर्न आग्रह गरेको छ । नेपाल बैंकर्स सङ्घले निक्षेपको ब्याजदरमा वृद्धि गर्ने निर्णयमा उद्योग वाणिज्य महासङ्घले आपत्ति जनाएको हो ।

कोरोना महामारीका कारण साना ठूला सबै प्रकारका उद्योग व्यवसाय कठिन अवस्थाबाट गुज्रिरहेको र पूर्ववत् अवस्थामा सञ्चालन हुन नसकेको भन्दै महासङ्घले बैंकिङ्ग क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्णरूपमा सञ्चालन गर्न सहयोग हुने अपेक्षा भइरहेको अवस्थामा निक्षेपको ब्याज बढाउने विषय मिल्दो नभएको महासङ्घको भनाइ छ ।

उद्योग व्यवसाय क्षेत्र तथा उद्योगी व्यवसायीले लिएको ऋणको ब्याजदर पुनः बढे यो क्षेत्र थप धरासायी हुने र उद्योगी व्यवसायी सडकमा आउने अवस्थातर्फ महासङ्घले सरकार र राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ। हरेक त्रैमासमा निक्षेपमा ब्याजदर वृद्धि हुँदै जाने हो भने उद्योग व्यवसायलाई निरन्तरता दिन नसकिने महासङ्घले ठहर छ ।

ब्याजदर वृद्धिबाट तरलता समस्या समाधान नहुने भन्दै महासङ्घले उद्योग क्षेत्र दबाबमा परे त्यसको प्रत्यक्ष असर देशको उत्पादन र अर्थतन्त्रमा पर्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिएको छ । तीन महिनादेखि मुद्दती निक्षेपको ब्याजदर नबढाउन बैंकहरुबीच भएको भद्र सहमति हिजो तोडिएको छ ।

तीन महिनादेखि नबढेको मुद्दतीको ब्याजदर बैंकहरुले चाहेमा बढाउन खुला गरिएको नेपाल बैंकर्स सङ्घले जनाएको छ । तीन महिनाअघि राष्ट्र बैंकले बैंकहरुलाई मुद्दती निक्षेपको ब्याजदर नबढाउन दबाब दिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP