Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

महाअभियाेगबारे प्रचण्ड– ‘न्यायालयकाे बेथिति राेक्न वैधानिक बाटाे राेजेका हाैँ’

धनुषा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा केही समयदेखि देखिएको अन्योल, अराजकता र बेथिति रोक्न महाअभियोग ल्याएको बताउनुभएको छ । धनुषामा आज आइतवार पत्रकारसँग कुरा गर्दै प्रचण्डले न्यायालय सुधारका लागि गठबन्धन दलको सल्लाहमा प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको भन्दै यसले गठबन्धनलाई अझ बलियो बनाउने बताउनुभयो ।

न्यायालयमा लामो समयदेखि देखिएको विवादको हल गर्न गठबन्धनले स्वयम् प्रधानन्यायाधीशलाई आग्रह गरे पनि त्यस्तो स्थिति नदेखिएका कारण महाअभियोग ल्याउन बाध्य भएको उहाँको भनाइ छ ।  

प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावमा सत्तारुढ सबै दलको सहमति रहेको पनि उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘न्यायालयमा देखिएकाे अन्याेल, अराजकता र बेथिति राेक्न हामीले प्रधानन्यायाधीशविरुद्ध महाअभियाेग ल्याएका हाैँ ।

याे सबै राेक्न एउटा वैधानिक बाटोबाट, संवैधानिक बाटोबाट, लोकतान्त्रिक बाटोबाटै निकास दिने भनेको महाअभियोग नै हुन्थ्यो । त्यसमा गठबन्धनमा आम सहमति पनि भयो र हामीले दर्ता गर्‍याैँ । यो कारणले गठबन्धन कसरी टुट्छ ? नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा सबैको सहमतिबाट महाअभियोग लगाउने प्रस्ताव दर्ता गरिएको छ ।’ 

अध्यक्ष दाहालले स्वतन्त्र न्यायालयमाथि देखिएको अराजकता र बेथितिको अन्त्य गर्न सम्बन्धित सबै पक्षलाई पटक–पटक आग्रह गरेको पनि बताउनुभयाे । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP