Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कांग्रेसले स्थानीय निर्वाचन अभियान सञ्चालन गर्ने, भातृ संस्थाकाे कार्यकाल नथप्ने

काठमाडाैं : सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। आगामी वैशाख ३० गते निर्वाचन गर्ने सरकारी निर्णयको स्वागत गर्दै कांग्रेसले स्थानीय तह निर्वाचन अभियान सञ्चालन गर्ने घोषणा गरेको हो।  मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले स्थानीय तहको निर्वाचन अभियानमा ‘घर–घर जाऊ कांग्रेस जिताउ’ नारा तय गरेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।

फागुन २० गतेदेखि चैत ३० गतेसम्म निर्वाचन अभियान चलाइने पनि महतले बताए। पार्टीको निर्वाचन घोषणापत्र सभापतिले परामर्श गरी सार्वजनिक गर्ने पनि महतले जानकारी दिए। यस्तै बैठकले कार्यकाल सकिएका सबै भातृ संगठनको समय नथप्ने निर्णय गरेको छ।

कार्यकाल सकिएका नेपाल तरूण दल, नेविसंघ लगायतका १० भातृ संस्थाको कार्यकाल नथप्ने निर्णय गरेको प्रवक्ता महतले जानकारी दिए। फागुन मसान्तभित्र भातृ संस्थाहरूको तदर्थ समिति गठन गरिने बैठकले निर्णय गरेकाे छ।

नेपाल मगर संघ र नेपाल मुस्लिम संघबाहेक अन्य भातृ संस्थाको कार्यकाल सकिएको छ। नेपाल दलित संघको चैत ७, ८ र ९ गते अधिवेशन हुँदैछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP