Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

स्थानीय चुनावसम्बन्धी विषयले अदालतमा प्रवेश पायाे, रिट दर्ता गर्न सर्वोच्चकाे आदेश

काठमाडाैं : महोत्तरीको भंगाहा नगरपालिका प्रमुख सञ्जीवकुमार साहले  आगामी वैशाख ३० मा स्थानीय निर्वाचन गर्दा आफ्नो ५ वर्षे कार्यकाल पूरा नहुने भन्दै दिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले दरपीठको निर्णय बदर गरी रिट दर्ता गर्न बुधबार आदेश दिएको हो। यसअघि गत बुधबार सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले स्थानीय तह निर्वाचनसम्बन्धी ऐनको व्यवस्था देखाउँदै उक्त रिट दरपीठ गरिदिएका थिए। रिट दर्ता गर्न आदेश दिएसँगै स्थानीय तहकाे चुनावसम्बन्धी विषय अदालतमा पुगेको छ।

रजिष्ट्रार पन्थीले निर्वाचन गर्नेगरी भएको निर्णयले निवेदक नगर प्रमुखको ५ वर्षको कार्यकाल घटाउने प्रबल सम्भावना रहेको भनिएकाेमा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ समेतका आधारमा रिट दर्ता गर्न नमिल्ने कारण खुलाएका थिए।

‘स्थानीय तह निर्वाचन ऐन, २०७३ दफा ४(४) मा उपदफा २ बमोजिम अलग–अलग मितिमा सम्पन्न भएको निर्वाचन उपदफा (१) बमोजिम तोकिएको मितिमा सम्पन्न भएको मानिने छ भन्ने प्रावधान रहेको,’ कुरा पनि आदेशमा उल्लेख थियो।

संविधानमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ वर्ष हुने व्यवस्था छ। अघिल्लाे पटक स्थानीय तहकाे निर्वाचन तीन चरणमा भएकाे थियाे। मधेश प्रदेशका जिल्लामा असाेज २ गते निर्वाचन भएकाे थियाे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP