
हेटौंडा : बागमती प्रदेशसभाको बैठक आगामी फागुन १६ गते बस्ने भएको छ। बुधबार सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा बसेको सर्वदलीय बैठकमा प्रदेशसभाको फागुन १६ गते बैठक राख्ने विषयमा सहमति भएको हो।
प्रदेशसभा बैठक बस्नुअघि फागुन १५ गते दिउँसो १ बजे पुनः सर्वदलीय बैठक राख्ने र १६ गते दिउँसो १ बजे संसद् बैठक बस्ने दलहरूबीच सहमति भएको हो।
प्रदेशसभाको बैठक पुस ८ गतेदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण बस्न सकेको छैन। लामो समय संसद् बस्न नसक्दा सरकारले बनाउनुपर्ने ऐन पनि बन्न सकेको छैन।
बुधबार बसेको सर्वदलीय बैठकमा एमालेले उठाएको रकमान्तरको कुरामा सरकारले चित्तबुझ्दो जवाफ दिएपछि एमालेले संसद् चल्न दिने सहमति समेत गरेको जनाइएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया