Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

चुनावी एजेन्डाको दाउपेचमा एमसीसी : सत्ता गठबन्धनको निर्णायक वार्ता आज

काठमाण्डाै – अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी सम्झौतामा सहमति खोज्न आज सत्ता गठबन्धनमा निर्णायक वार्ता हुँदैछ ।

एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनमा मतभेद छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जुनसुकै अवस्थामा पनि एमसीसी संसदमा लैजाने पक्षमा हुनुहुन्छ। तर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको उपेन्द्र यादव पक्ष यथास्थितिमा एमसीसी संसदमा टेबल गर्न नहुने पक्षमा उभिएका छन् । नेपाली कांग्रेसले भने एमसीसी सम्झौता पारित गर्नु पर्ने स्पष्ट नीति लिएको छ ।

प्रमुख प्रतिपक्षी दल एमाले भने पर्ख र हेरको अवस्थामा छ । माओवादी केन्द्रले प्रधानमन्त्री देउवा एक्लै अघि बढे सरकारबाट बाहिरिने चेतावनी दिइसकेको छ ।  हिजो माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आग्रहमा प्रधानमन्त्री देउवाले आज गठबन्धनको निर्णायक बैठक बोलाउनु भएको हो ।

प्रधानमन्त्री देउवा हिजो नै संसद् बैठकमा एमसीसी टेबल गर्ने  पक्षमा हुनुहुन्थ्यो । तर, सत्तारुढ दलहरूबीच सहमति नभएपछि हिजो एमसीसी संसदमा टेबल हुन सकेन । संसद्को अर्को बैठक भोलि बस्दै छ । भोलि जसरी पनि एमसीसी संसदमा टेबल गर्नेमा प्रधानमन्त्री देउवा दृढ हुनुहुन्छ।

स्थानीय तहको चुनाव नजिकिँदै गएकाले कांग्रेस बाहेकका शीर्ष दलले एमसीसीलाई राजनीतिक अस्त्रको रुपमा लिएका छन् । एमसीसीलाई नै चुनावी एजेन्डा बनाउने उनीहरुको दाउपेच छ । माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एमसीसी संसदबाट पारित गर्दा चुनावमा असर पर्ने भय छ।

एमाले पनि एमसीसीबारे पर्ख र हेरको अवस्थामा बसेको छ । यसले गर्दा एमसीसी पारित हुने नहुने अन्याेल बढ्दै गएको छ । अमेरिकाले एमसीसी सम्झौतामा परिमार्जन हुन नसक्ने र आउँदो १६ गतेसम्म पारित नभए सम्झौता रद्द हुने ‘अल्टिमेटम’ दिएपछि प्रधानमन्त्री देउवा दबाबमा पर्नु भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP