विश्वकप छनोट : नेपाल–ओमान भिड्दै

काठमाडौं :​ आईसिसी ट्वेन्टी ट्वेन्टी विश्वकप अन्तर्गत ग्लोबल छनोटका खेल आजदेखि ओमानमा सुरु हँदैछ।  प्रतियोगितामा नेपालसहित ८ टोली सहभागी छन्।

दोस्रो पटक आईसिसी ट्वेन्टी ट्वेन्टी विश्वकप खेल्ने लक्ष्यसहित नेपालले पहिलो खेल ओमानसँग खेल्ने छ।  यी दुई बीचकाे खे बिहान पौने १२ बजे ओमान एकेडेमीमा सुरु हुने छ। ग्लोबल क्वालिफायरबाट शीर्ष दुईभित्र परेर नेपाल आउँदो अक्टोबरमा अष्ट्रेलियामा हुने ट्वेन्टी ट्वेन्टी विश्वकपमा स्थान बनाउने लक्ष्यमा छ।

छनोट प्रतियोगितालाई मध्येनजर गर्दै नेपालले ओमान मै  चारदेशीय सिरिज खेलेको थियो। नेपालले ओमानलाई पराजित गरेको थियो भने अन्य दुई खेलमा हार व्यहोरेको थियो। 

नेपालले दोस्रो खेल फागुन ७ गते फिलिपिन्ससँग र तेस्रो खेल फागुन ९ गते क्यानडासँग खेल्दैछ।  समूहका दुई टिम सेमिफाइनलमा र सेमिफाइनलमा जित हात पार्ने टिम सोझै विश्वकपमा पुग्नेछ।

खेलको नेपालमा प्रत्यक्ष प्रशारण हिमालय टिभीले गर्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP