Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

संसद बैठक आज बस्दै, एमसीसी कार्यसूचीमा परेन

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूची छ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने चर्चा छ। तर, संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी परेको छैन।

संसद् बैठकअघि आजै प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ। त्यसले बैठकका कार्यसूची तय गर्नेछ। अवरोध खुलाउने विषयमा पनि छलफल हुनेछ।

लामो समयदेखि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले संसद् बैठक अवरुद्ध गर्दै आएका छन्। 

त्यसअघि, आजै बिहान सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठक बस्दै छ। बिहान १० बजे बस्ने बैठकमा  एमसीसीलगायत विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP