Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रचण्डलाई भेट्न खुमलटार पुगे नेपाल र यादव

काठमाडौं : माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव खुमलटार पुगेका छन्। 

सत्ता गठबन्धनको बैठकअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको हो। 

प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको भेटमा झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए। एमसिसीमा सहमति जुटाउन बिहीबार बसेको गठबन्धनको बैठक विना निष्कर्ष सकिएको थियो। आज १० बजे गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसी पास गर्नुपर्ने अडानमा छन् भने प्रचण्ड र नेपालको परिमार्जन गर्नुपर्ने अडान छ। 

त्यसबारे थप रणनीति बनाउन तीन दलको बैठक बसेको प्रचण्डको सचिवालयले जनाएको छ।  नेता झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सरकारले बनाएको एमसीसी अध्ययन कार्यदलका सदस्य हुन्। 

सरकारले आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिरहेको छ। यद्यपि संसदको सम्भावित कार्यसूचीमा भने एमसीसीलाई राखिएको छैन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP