Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कमल थापाले आज राप्रपा नेपाल घोषणा गर्दै

काठमाडौं : पूर्वउपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा आज राप्रपा नेपाल पार्टी घोषणा हुँदैछ। पार्टी एकीकरणपछिको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि थापाले नयाँ पार्टी घोषणा गर्न लागेका हुन्।

पार्टी एकीकरणअघि पनि थापा राप्रपा नेपालको अध्यक्ष थिए। आफ्नो नेतृत्वमा पुनः राप्रपा नेपाल पार्टी दर्ता गरेपछि थापाले आफ्नै घरमा फर्किएको प्रतिक्रिया दिएका थिए।

शनिवार बिहान साढे ११ बजे राष्ट्रियसभा गृह भृकुटीमण्डपमा पार्टीको घोषणा सभा आयोजना गरिएको छ। राप्रपाले यअसघि राजतन्त्रसहितको हिन्दु राष्ट्रको एजेण्डा बोकेको थियो। तर‚ अब थापाले राजतन्त्र छोडेर हिन्दु राष्ट्रको मात्र एजेण्डा बोक्ने बताएका छन्।

यसैबीच अध्यक्ष थापाले एमसिसी प्रकरणमा नेपाल शक्ति राष्ट्रहरुको चेपुवामा परेको टिप्पणी गरेका छन्। उनले एमसिसी प्रकरणमा चीन र अमेरिकालाई चिढ्याउन नहुने भन्दै दुवै देशलाई विश्वासमा लिएर एमसिसी कार्यान्वयनका लागि कूटनीतिक पहल गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP