Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आज छैटौँ निर्वाचन दिवस मनाइँदै : स्थानीय तहको चुनावमा स्वतःस्फूर्त सक्रिय हुन आह्वान

काठमाण्डाै – आज छैटौँ निर्वाचन दिवस मनाइँदैछ । ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

२०१५ साल फागुन ७ गते नेपाली नागरिकले आफ्नो मताधिकार उपयोग गर्न पाएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो ।

निर्वाचन आयोगले २०७३ सालदेखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो । दिवसका अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदाे स्थानीय तह चुनावमा स्वतःस्फूर्त सक्रिय एवम् उत्साहजनक रूपमा सहभागी हुन आह्वान गर्नुभएको छ ।

सरकारले स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरिसकेको छ ।  नेपालमा संविधान जारी भएपछि २०७४ सालमा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तहका सदस्यको चुनाव तथा यसपछि सम्पन्न भएका उपचुनाव र राष्ट्रिय सदस्य चुनावबाट देशभर झण्डै ४१ हजार सत सय जनप्रतिनिधि शासकीय प्रणालीमा सहभागी हुन सफल भएका छन् ।

अघिल्लो तीन चरणमा सम्पन्न स्थानीय तहको चुनावबाट निर्वाचित पदाधिकारीको पदावधि संविधान र ऐनअनुसार आउँदो जेठ ५ गते समाप्त हुने भएकाले त्यसअघि नै स्थानीय तहमा जनप्रतिनिधिको चयन गर्न चुनाव हुन लागेको हो ।

पछिल्लो समय चुनाव खर्चिलो र भड्किलो बन्दै गएको भन्दै टिकाटिप्पणी हुँदै आएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP