Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

२४ औँ शीतकालिन ओलम्पिक सम्पन्न

काठमाडौं : २४ औँ शीतकालिन ओलम्पिकको आइतबार विशेष समारोहबीच समापन गरिएको छ। बेइजिङ शीतकालीन  समापन समारोह गएराति राष्ट्रिय रङ्गशालामा आयोजना गरिएको हो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाख सो समापन समारोहमा उपस्थित थिए।  अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाखले खेल सम्पन्न भएको घोषणा गरे।

समारोहमा कोभिड–१९ सङ्क्रमणबीच बेइजिङ शीतकालीन ओलम्पिक आयोजना गरेर सफल पारेकोमा चीनले विश्व समुदायबाट प्रशंसा प्राप्त गरेको उनले बताए। 

कोभिड–१९ सङ्क्रमणबीच बेइजिङ शीतकालीन ओलम्पिक आयोजना गरेर सफल पारेकोमा चीनले विश्व समुदायबाट प्रशंसा प्राप्त गरेको उनले बताए। उनले भने, “ओलम्पिक खेलकुदको सफल आयोजना गर्दा निकै बढी जनशक्ति र आर्थिक खर्च हुन्छ। महामारीको नराम्रो असर परेकाले बेइजिङ शीतकालीन ओलम्पिक खेलकुदको अवलोकन गर्न विश्वभरका दर्शकलाई ल्याउन नसक्दा राज्यले निकै धेरै आम्दानी गुमाउनु परेको भएपनि चीनका लागि ओलम्पिक खेलकुदमा प्रयोग गरिएको खर्चले चीनको प्रसंशा भएको छ।” 

अमेरिकी न्युयोर्क टाइम्सद्वारा हालै प्रकाशित एक लेखमा ‘यो समय विश्वका धेरै शहरका लागि आर्थिक दृष्टिबाट हेर्दा ओलम्पिक खेलकुदको आयोजना गर्नु एक उपयुक्त छनोट होइन, तर चीनका लागि देशको आत्मगौरब र आधारभूत प्रबन्धको निर्माण गर्ने उत्साहले त्यस्तो मापदण्डलाई परिवर्तित गरेको छ’ भनिएको छ ।

ओलम्पिक खेलकूदको आयोजना गर्नु चीनका लागि विश्वसमक्ष एकता र विश्वासलाई देखाउने राम्रो अवसर बनेको छ। शीतकालिन ओलम्पिकका सबै खेलहरू आइतबारसम्ममा सम्पन्न भइसकेको बताउँदै आयोजकले चीनले जटील अवस्थामा आफ्नो जिम्मेवारी पूरा गरेको बताएको छ। चीनमा खेलकूद आयोजना भइरहेका समय परेको हिमपातका कारण तालिकामा सामान्य प्रभाव परेको आयोजकले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP