Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एमसीसीबारे दोहोरो चरित्र प्रदर्शन नगर्न दलहरुलाई दबाब

काठमाण्डाै – नेकपा माओवादी र एकीकृत समाजवादीसँगको सहमतिमै सरकारले संसदमा एमसीसी टेबल गरे पनि दुवै दलले दोहोरो चरित्र प्रदर्शन गरेका छन् ।

हिजो संसदमा एमसीसी टेबल भइरहँदा दुवै दलका एकथरी सांसदले उठेर विरोध गरे भने अर्काथरीले बसेर समर्थन गरे । दुवै दलका शीर्ष नेताहरूले एमसीसी संसदमा टेबल गर्न दिने निर्णय गरे पनि उनीहरुका कार्यकर्ताले सडकमा प्रदर्शन गरेका छन् ।

दुवै दलभित्र एमसीसीको विषयलाई लिएर चर्को विवाद उत्पन्न भएको छ । सत्ता गठबन्धन जोगाएर सरकारमा रहिरहनका लागि दुवै अध्यक्ष एमसीसीमा लचिलो बनेको भन्दै कार्यकर्ता पङ्क्तिबाट चर्को आलोचना भइरहेको छ ।

शीर्ष नेतृत्वले एमसीसी संसदमा टेबल गर्न सहमति पनि जनाउने, अनि संसद् र सडकबाट विरोध पनि जनाउने दोहोरो चरित्र प्रदर्शन नगर्न दुवै दलमाथि दबाब बढेको छ । प्रमुख सत्तारूढ दल कांग्रेस सुरुदेखि नै एमसीसीको पक्षमा रहँदै आएको छ ।

एमालेले भने एमसीसीलाई राजनीतिक दाउपेचको विषय बनाएको छ । एमाले नेताहरूले एमसीसीको सन्दर्भमा सरकार र गठबन्धनको धारणा आएपछि आफ्नो धारणा सार्वजनिक गर्ने बताउँदै आएका छन्।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले २०७६ मा एमसीसी संसदमा दर्ता गराउनुभएको थियो । त्यसअघि ओली नेतृत्वकै सरकारले २०७५ मा एमसीसी संसदमा पेस गर्ने निर्णय गरेको थियो । तर, आफैँले दर्ता गरेको प्रस्ताव संसदमा टेबल गरिएपछि त्यसको पक्ष वा विपक्षमा मतदान गर्नेबारे एमालेले कुनै निर्णय गरेको छैन ।

संसद्को अर्को बैठक बस्नुअघि नै पार्टीको धारणा स्पष्ट गर्न एमालेभित्र पनि दबाब बढेको छ । 

यसै विषयमा उज्यालोको फेसबुक पेजमा आएका केही टिप्पणी र प्रतिक्रिया हेरौँ :

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP