Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

स्थानीय तहको चुनावका लागि ९ अर्ब रुपैयाँ माग, कर्मचारीलाई शतप्रतिशत भत्ताको प्रस्ताव

काठमाण्डाै – निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि झन्डै नौ अर्ब रुपैयाँ बजेट माग गरेको छ । चुनावका लागि आठ अर्ब ९५ करोड २९ लाख चार हजार रुपैयाँ बजेट माग गरेर अर्थ मन्त्रालयलाई पत्र पठाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति निकालेर जानकारी दिनुभयो ।

यो बजेट यसअघि भएको स्थानीय तहको चुनावमा भएको खर्चभन्दा झन्डै ८१ करोड रुपैयाँले बढी हो । २०७४ सालको स्थानीय तह चुनावमा आठ अर्ब १४ करोड खर्च भएको थियो । मतदाता सङ्ख्या र मतदान केन्द्र बढ्नुका साथै कोरोना सङ्क्रमण जोखिमका कारण खर्च बढ्ने अनुमान रहेको उहाँले बताउनुभयो ।

यस्तै आउँदो चुनावमा खटिएका कर्मचारीलाई शतप्रतिशत भत्ता प्रस्ताव गरिएको छ । अघिल्लो चुनावमा कर्मचारीहरूलाई एक सय २१ प्रतिशत भत्ता दिइएको थियो । यस वर्ष कर्मचारीहरूलाई अहिले कार्यरत पालिकाभित्रै खटाउने आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

आउँदो चुनावमा मतदाता शिक्षाका लागि २४ करोड १७ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । अघिल्लो स्थानीय तह चुनावमा मतदाता शिक्षामा ८० करोड ६० लाख रुपैयाँ खर्च भएको थियो ।

आयोगले यसअघि आउँदो स्थानीय तह चुनावका लागि १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको थियो । तर अत्यावश्यक खर्च मात्र प्रस्ताव गरिएको र लागत प्रभावकारिताको आधारमा बजेट तयार गरिएकाले खर्च अनुमान कम रहेको प्रवक्ता पौडेलले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP