Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रतिनिधिसभा बैठकमा एमसीसीमाथि छलफल गर्ने कार्यसूची

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ।  बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस हुने उल्लेख छ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने छ। 

बिहीबारका लागि बोलाइएको बैठक सरकारको आग्रहमा आजका लागि सारिएको सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले जनाएको छ। एमसीसी परियोजना सम्झौता टेबल भएपछि सत्तारुढ गठबन्धन र विपक्षमा उभिएको प्रतिपक्षीले आज बस्ने प्रतिनिधिसभा बैठकलाई आफू अनुकूल प्रयोग गर्ने रणनीति अख्तियार गर्ने भएका छन्। आजको बैठकमा एमसीसी सम्झौताबारे सैद्धान्तिक छलफल शुरु हुने बताइए पनि त्यसको टुङ्गो लागेको छैन।

प्रमुख प्रतिपक्षी एमालेले सदन अवरुद्ध गर्ने बताइरहेका बेला सभामुख अग्निप्रसाद सापकोटालाई छलफलमा भाग लिने सांसदहरुलाई समय उपलब्ध गराउन सकस हुने देखिएको छ। आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची छ। तर, गत आइतबार सम्झौता टेबल गर्ने समयमा पनि अनुपस्थित रहेका शर्मा आजको बैठकमा उपस्थित हुने सम्भावना न्यून छ। एमसीसीको विपक्षमा रहेको माओवादी केन्द्रबाट मन्त्री बनेका शर्मा पार्टी निर्देशन विपरीत जाने सम्भावना छैन।

बैठकमा आज परियोजना सम्झौताको सैद्धान्तिक विषयमा बहस हुने संघीय संसद सचिवालयले जनाएको छ। सभामुखले तोकेको समयमा सांसदहरुले आफ्नो धारणा राखेपछि विभागीय मन्त्रीले जवाफ दिएपछि निर्णायार्थ पेश गर्ने प्रक्रिया शुरु हुनेछ। प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समिति बैठक बोलाइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP