
धनकुटा : नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले कम्युनिष्टहरूले अघि बढाएको अमेरिकी सहयोग परियोजना (एमसिसी) कम्युनिष्ट पार्टीहरूले नै बखेडा झिकेको बताएका छन्।
शुक्रवार कांग्रेस धनकुटाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सहमहामन्त्री आङ्देम्बेले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा (एमाले) अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री हुँदा आवश्यकता छ भनेर अघि बढाएको एमसिसीमा अहिले बखेडा झिकेको आरोप लगाए।
उनले अघिल्लो सरकारको स्वामित्व कांग्रेसले लिने गरे बताउँदै २०७५ माघ २५ गते तत्कालीन ओली सरकारले एमसिसी अघि बढाउने निर्णय गरेको र २०७६ असार ३० गते संसदमा टेबल गरेको एमसिसी अहिलेको सरकारले अघि बढाएको बताए।
सहमहामन्त्री आङ्देम्बेले कम्युनिष्टहरूले अघि बढाएको एमसिसीलाई अहिले उनीहरूले राष्ट्रघाती भन्न थालेको आरोप लगाए। उनले प्रचण्ड र माधव नेपालले संशोधन गर्नुपर्ने बताए पनि कुन बुँदा संशोधन गर्ने भन्दा देखाउन नसकेको दाबी गरे।
सहमहामन्त्री आङ्देम्बेले एमालेलाई नेकपा एकीकृत समाजवादीका १४ सांसद र सभामुख कसरी हटाउने भन्ने चिन्ता रहेका र माओवादी र नेकपा एकीकृत समाजवादीलाई आगामी निर्वाचनमा पार्टीको आकार र चीनले एमसिसी फेल गराउन दिएको पैसा कसरी पचाउने भन्ने चिन्ता मात्रै रहेको आरोप लगाए। भारतलाई विस्तारवाद र अमेरिकालाई साम्राज्यवाद देख्ने कम्युनिष्ट प्रवृत्तिले एमसिसी पास हुन समस्या आएको उनको भनाइ छ। उनले कांग्रेसलाई मात्रै देशलाई निकास दिने चिन्ता रहेको बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया