Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एमाले र गठबन्धनसँग प्रधानमन्त्री अझै सशङ्कित, समानान्तर छलफललाई निरन्तरता

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दल र प्रमुख प्रतिपक्षी एमालेसँगको समान्तार छलफललाई निरन्तरता दिनुभएको छ ।अमेरिकाले दिएको समयसीमा पर्सि १६ गते सकिने भएकाले भोलि बस्ने संसद बैठकबाटै एमसीसी अनुमोदन गराउने उहाँको तयारी छ ।

एमसीसीमा सकेसम्म राष्ट्रिय सहमति नभए बहुमत मात्रै भए पनि जुटाउने कसरतमा रहनुभएका देउवा अहिलेसम्म दुवै पक्षबाट सहयोग पाउनेमा विश्वस्त भइसक्नुभएको छैन । पछिल्लोपटक माओवादी केन्द्र र एकीकृत समाजवादीले मतदानको बेला संसदमा अनुपस्थित भएर एमसीसी पारित गर्न सहयोग गर्ने वचन दिएका छन् । तर पहिले पनि यस्तै वचन दिएर पछि एमसीसी फेल गराउन लागेको भन्दै प्रधानमन्त्री देउवा अझै ढुक्क हुन सक्नुभएको छैन । एमालेले पहिलेदेखि नै राख्दै आएको सभामुखको राजीनामाको माग र १४ सांसदमाथिको कारबाहीका विषयमा सरकारको ठोस धारणा मागेको छ ।

एमालेको माग तत्काल पूरा गर्न जटिल हुने र एमालेसँग मिल्दा जुनसुकै बेला पनि समर्थन फिर्ता लिएर ठूलो दलको हैसियतले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्न सक्ने देउवालाई डर छ । त्यसैले एमालेसँग निरन्तर छलफल गरे पनि देउवा निचोडमा पुग्न सक्नुभएको छ । हिजो र अस्ति लगातार छलफलमा जुटेका कांग्रेस र एमालेबीच आज पनि छलफल हुँदैछ ।

कांग्रेस र एमालेबीच लगातार बैठक हुन थालेपछि झस्किएका माओवादी र एकीकृत समाजवादी पुरानो अडानबाट केही लचिलो भएका छन् । कांग्रेससँगको गठबन्धन टुटेमा आउँदो चुनावमासमेत असर पर्ने भएपछि दुवै दललले मध्यमार्गी विकल्पमा एमसीसी टुङ्ग्याउने र गठबन्धन जोगाउन प्रयास गर्ने निर्णय गरेका छन् । संसद् बैठकमा अनुपस्थित भएर एमसीसी पास गर्न सहयोग गर्ने दुवै दलले बताएका छन् । 

हिजो प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग एमसीसी पास हुने विश्वस्त आधारविना गठबन्धन कायम गरेर अघि बढ्न नसकिने जवाफ दिनुभएको थियो ।

प्रधानमन्त्रीसँगको भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी प्रस्तावमाथि संसदमा छलफल हुँदै गर्दा आफ्ना सांसदहरू बैठक बहिष्कार गरेर निस्कने र एमसीसी पास गर्न सरकारलाई त्यसले सहयोग पुग्ने वचन दिनुभएको थियो । तर एमसीसी पास गर्ने विश्वस्त आधार गठबन्धनमा नदेखिएको निष्कर्षसहित देउवाले एमालेसँगको छलफललाई अगाडि बढाउनुभएको हो । भेटमा एमालेले आफ्ना माग पूरा गर्न सरकार तयार भए एमसीसीमा सकारात्मक बन्दै स्पष्ट धारणा र निर्णय दिन तयार रहेको बताएको छ ।

हिजोको भेटवार्तामा सहभागी एमाले नेता प्रदीप ज्ञवालीले एमालेले विगतदेखि नै राख्दै आएका सभामुखको राजीनामाको माग र १४ सांसदमाथिको कारबाहीका विषयमा सरकारको ठोस धारणा मागेको जानकारी दिनुभयो । ओलीले एमाले र कांग्रेस धेरै ठूलो सङ्घर्ष गरेर लोकतन्त्रको स्थापनामा अघि बढेकाले लोकतान्त्रको यात्रामा पनि सँगै सहयात्रा हुनुपर्ने बताउनुभएको थियो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP