Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एमसीसी पारित भएको विरोधमा ६ दल र २ मोर्चाद्वारा चैत्र ६ सम्मको सङ्घर्ष कार्यक्रम यस्तो छ (विज्ञप्ति सहित)

काठमाडौँ । एमसिसि संसदबाट पारित भएको विरोधमा संयुक्त सङ्घर्ष गर्दै आएका नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले यही फागुन २० गते काठमडौँमा प्रदर्शनसहित विरोधसभा गर्ने निर्णय गरेका छन् ।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनकारी दलले नेपाली राजनीतिक आन्दोलन र राष्ट्रिय मुक्तिको जनसङ्घर्षको इतिहासमा नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टी, सच्चा लोकतन्त्रवादी, देशभक्त शक्ति र राष्ट्रवादी आमनेपाली जनताले फागुन १५ गतेलाई कालो दिन घोषणा गर्दै शेरबहादुर देउवा सरकार, नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले नेपाली जनताको विरोध, प्रतिवाद र देशव्यापी खारेजी आन्दोलन विरुद्ध आत्मसमर्पणवादी कार्य गरेको निष्कर्ष  निकालेका छन् ।

 ६ दलले यो देश र नेपाली जनतका विरुद्ध गरिएको अक्षम्य अपराध साबित भएको र  एमसीसी सम्झौता संसद्बाट पारित हुँदै गर्दा नेकपा (एमाले) ले त्यसका विरुद्ध सङ्घर्ष गर्नुको सट्टा वयल घेराउको बहानामा सम्झौता पारित गर्न सघाउ पु¥याउने कार्य गरी नेपाली जनता र राष्ट्रप्रति अन्तरघात गरेको ठहर पनि गरेका छन् ।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्नेहरूमा नेकपाका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपा (मसाल_ का महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुती छन् ।

सङ्घर्षको कार्यक्रम यसप्रकार रहेको छ 
१. फागुन २० गते काठमाडौँ उपत्यकामा विशाल विरोध प्रदर्शन र संयुक्त विरोधसभा
२. फागुन २२ गते बुद्धिजीवीहरूको अन्तरक्रिया
३. फागुन २४ गते ८ मार्च भव्य रूपमा मनाउन देशव्यापी विरोध प्रदर्शन र सभा
४. फागुन २६ गते विद्यार्थीहरूको देशव्यापी क्याम्पस र विद्यालयहरूमा विरोध प्रदर्शन र सभा
५० फागुन २८ गते युवकहरूको देशव्यापी विरोध प्रदर्शन र सभा
६० फागुन ३० गते मजदुरहरूको देशव्यापी विरोध प्रदर्शन र सभा
७० चैत २ गते किसानहरूको देशव्यापी विरोध प्रदर्शन र सभा
८० चैत ४ गते श्रमिक÷दलित समुदाय मोर्चाको देशव्यापी विरोध प्रदर्शन र सभा
९० चैत ६ गते राष्ट्रिय मुक्ति (जातीय क्षेत्रीय) मोर्चाहरूको देशव्यापी विरोध प्रदर्शन र सभा 

जारी विज्ञप्ति 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP