Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कुनै पनि देशविरुद्ध नेपाली भूमि प्रयाेग हुन नदिने सरकारकाे प्रतिबद्धता

काठमाण्डाै – सरकारले सबै देशसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्ले गरेका निर्णय आज बुधवार सार्वजनिक गर्दै सरकारकाे धारणा राख्नुभएकाे हाे । 

मन्त्री कार्कीले देशकाे परराष्ट्र नीतिको मर्मअनुसार छिमेकी मित्र राष्ट्र भारत र चीनलगायत अन्य कुनै पनि मित्र राष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिबद्धता रहेकाे बताउनुभयाे । ‘सबै देशसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने परराष्ट्र नीति मर्मअनुसार भारत चीन लगायत कुनै पनि मित्र राष्ट्रकाे विरुद्ध नेपाली भूमि प्रयाेग हुन नदिने सरकारकाे प्रतिबद्धता छ’, उहाँले भन्नुभयाे ।

सरकारले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने मित्रराष्ट्र, दातृ निकाय, क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय सङ्घ–संस्थाप्रति आभारसमेत प्रकट गरेको छ । 

यस्तै मन्त्रिपरिषद्ले मिलेनियम च्यालेन्स कम्प्याक्ट (एमसीसी) प्रतिनिधि सभाबाट अनुमोदन गर्न सहज वातावरण निर्माण गर्ने सबै राजनीतिक दल, बुद्धिजीवीलगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP